Logo

समाजवादी पार्टीका नेतामाथि आक्रमण, नर्भिकमा उपचार हुँदै



काठमाडौं, ६ कात्तिक । सर्लाही विष्णु गाउँपालिकाका समाजवादी पार्टीका गाउँपािलका अध्यक्ष अरविन्द कुमार सिंहमाथि सोही गाउँपालिकाका अध्यक्ष जवहारलाल राय यादवको निर्देशमा उनका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । सिंह स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकाका अध्यक्षको लागि निकटतम प्रतिद्वन्द्वी थिए ।

सिंहको टाउँकोमा गम्भिर चोट लागेको छ । उनको अहिले काठमाडौंको थापाथलीस्थित् नर्भिक ईन्टरनेश्नल हस्पिटलमा उपचार भैरहेको छ । उनलाई अहिले २२७ नम्बर बेडमा राखिएको छ। टाउकोमा गम्भिर चोट लागेको कारण उनर्ला अझै अस्पतालमा राखेर उपचार गराईएको उनको परिवारिक स्रोतले जनायो ।

सिंहको टाउकोमा १६ वटा टाँका लगाईएको छ । सिंहको उपचारमा नर्भिकका बरिष्ठ न्यूरो सर्जन डा. राजिव झा संलग्न छन् । अहिले सामान्य शल्यक्रिया भएको छ । अर्को शल्यक्रिया गर्नुपर्छ वा पर्दैन् भन्ने पछिमात्रै थाहा हुनेपनि परिवारका एक सदस्य बताए ।



प्रतिक्रिया दिनुहोस्