Logo

सुकुटे बस दुर्घटनामा ६ को निधन



मेलम्ची, १७ कात्तिक : दोलखाको मागेदेउरालीबाट काठमाडौँ गइरहेको बस सुकुटेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु धेरै घाइते भएका छन् ।

बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए । बस खोलामा डुबेको छ । बसमा ४० जना सवार रहेको घाइतेले बताएका छन् ।

अहिले उद्धारको काम भइरहेको प्रहरिले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्