Logo

महरामाथि थुनछेकको बहस, रिहा कि थुना ?



काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको अभियोगमा थुनछेकको बहस सोमबार पनि चलेको छ । आइतबार देखि चलेको बहस सकिएमा उनी र्पुपक्षका लागि थुनामा रहने या धरौटीमा रिहा हुने टुंगो लाग्नेछ ।

आइतबार महराका पक्षका कानुन व्यवसायीले बहस गर्न बाँकी रहेकाले हेर्दा हेर्दैमा सकिएको थियो । काठमाडौं जिल्ला अदालतमा चलिरहेको बहस सकिएमा उनका बारेमा फैसला हुनेछ ।

महराले आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै राजनीतिक षड्यन्त्र भएको बयान दिइसकेका छन् । उनलाई प्रहरीमा किटानी जाहेरी दिने पीडित भनिएकी रोशनी शाहीले बयान बदलेर महराको पक्ष लिएकी छिन् । यस्तो अवस्थामा महरा प्रकरण जटिल मोडमा पुगेको छ ।

१२ असोजमा रोशनी शाहीलाई तीनकुनेस्थित उनकै कोठामा जर्बजस्ती प्रयास गरेको अभियोग महरामाथि लागेपछि १९ असोजमा प्रहरीले सभामुखको बालुवाटारस्थित सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको थियो ।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot