Logo

महरालाई कारागार पठाउने अदालतको आदेश



काठमाण्डौ । एक महिलामाथि बलात्कारको आरोपमा मुद्धा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ ।

बलात्कारको आरोप लागेका महराको विषयमा अदालतमा आज थुनछेक बहस गरिएको थियो । बहसपछि अदालतले करागारा पठाउने आदेश दिएको हो । महराविरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ। महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्