Logo

महरा बचाऊमा रोशनी फेसबुक देखि अदालतसम्म सक्रिय



काठमाडौं, १८ कात्तक । जसले जर्बजस्तीको आरोप लगाइन् उनी नै बचाऊमा लागिन् । त्यो पनि फेसबुकमा सक्रिय हुने देखि अदालतसमम्म धाएर ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले १२ असोजको साँझ तीनकुनेस्थित आफ्नो निवासमा पुगेर आफूमाथि जर्बजस्ती गरेको आरोप रोशनी शाहीले लगाएकी थिइन् । प्रहरीलाई १०० मा कल गरेर घटनाको जानकारी गराउने देखि १३ असोजमा मिडियालाई अन्तवार्ता दिनेसम्म गरेकी थिइन् । तर, उनैले बयान फेरेर महराको बचाऊ गरिन् । १८ असोजमा उनैले फेरि महराविरुद्ध किटानी जाहेरी दिइन् ।

शुरुका दुई दिनका घटना र त्यसपछि विकसित घटनाक्रम हेर्दा महरा प्रकरणले एकपछि अर्को नाटकीय रुप लियो । रोशनी शाही महराको पक्षमा रातारात सामाजिक सञ्जाल देखि मिडियासम्म प्रस्तुत भइन् । उनी प्रहरी अनुसन्धान देखि अदालतको इजलाशमा समेत महरालाई बचाउने गरी प्रस्तुत भइन् । यतिसम्मकी थुनछेकको फेसला हुने भनिएको १८ कात्तिकमा समेत अदालतको इजलाशमा पुगिन् । महराको बचाऊमा बोल्न र भन्न केही बाँकी राखिनन् ।

प्रहरी नियन्त्रणमा रहेका महरामाथि किटानी जाहेरी दिने रोशनी शाहीको बयान फेरिएपछि उनी नै बचाऊमा लागेको स्पष्ट भइसकेको थियो । रोशनीले आफूले आवेगमा आएर आरोप लगाएको र प्रहरीको करकापमा किटानी जाहेरी दिएको बयान अदालतमा दिइसकेकी छिन् । यसबाट उनी महरालाई जसरी पनि जोगाउन चाहिरेकी छिन् । उनले आफू डिप्रेसनको रोगी समेत भनेकी छिन् । आफूलाई गलत देखाएर महरालाई जोगाउन खोज्नुले बयानका आधारमा अदालतले फैसला गरेमा महरा छुट्ने र रोशनी जेल जाने अवस्था बन्नसक्छ ।

कसैलाई गलत आरोप लगाएर बलात्कार जस्तो मुद्दामा फसाउनु गैरकानुनी हुन्छ । रोशनीको बयान अनुसार उनले गैरकानुनी कार्य गरेकी छिन् । त्यसकारण पनि उनी दोषी ठहरिएर जेल जाने अवस्था आउनसक्छ । जर्बजस्ती प्रयासको अभियोगमा उजूरीकर्ता रोशनी शाही नै बयान फेरेर उनको समर्थनमा अदालतमा उपस्थित भएपछि घटनाले नयाँ मोड लिइसकेको थियो ।

जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन नसकिएको धेरै घटना छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा के हुने हो हेर्न बाँकी छ । उनलाई जसले जर्बजस्तीको अभियोग लगाइन् उनी नै जोगाउन सक्रिय भइन् । अभियोग लागेर सूचना बाहिर ल्याएको भोलिपल्टबाट बदलिएकी रोशनी शाही ३ कात्तिकमा महराकै पक्षमा उभिइन्, त्यो पनि अदालतमा । पीडित भनिएकी रोशनी शाही पीडकलाई नै जोगाउन लागिपर्नुको रहस्य के हो रु महराले उनीसँग पारिवारिक सम्बन्ध रहेको सरकारी वकिलको कार्यालयमा बयान दिएको बुझिएको छ । जबकि विगतमा चिन्दिन भन्थे ।

महरा उनको कोठामा पुगेको अस्वीकार गर्दै आएका थिए । बयानका क्रममा कोठाको क्षेत्रसम्म पुगेको स्वीकार गरे । यसले घटनामा महराले कानुनी तरिकाले जोगिने मार्ग अपनाएको देखिन्छ । आवेगमा आएर रोशनी शाहीले बाहिर ल्याएको एउटा घटनाले निवर्तमान सभामुख कृष्णबहादुर महराको राजनीतिक जीवनमै ठूलो धक्का पुर्यायो । तर, घटनालगत्तै उल्टै महरालाई निर्दोष भन्दै आएकी रोशनी शाहीले १८ असोजमा प्रहरीमा पुगेर आफूमाथि जर्बजस्तीको प्रयास गरिएको भन्दै किटानी जाहेरी दिइन् ।

१८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् । जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।

बयानका आधारमा फैसला गर्ने हो भने महरा बलियो भएका छन् । प्रहरीमा किटानी जाहेरी दिने शाहीले प्रहरीको करकापमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिइसकिन् । यसले महरालाई फाइदा पुगेको छ । अब प्रहरीले दसी प्रमाणमा जान उत्तिकै कठिन छ । यसकारण महराले यो घटनामा सफाई पाउने सम्भावना बलियो बन्न पुग्नसक्छ । तर, कानुन व्यवसायी पीडकले बयान फेर्दैमा नहुने जिकिर गर्छन् । अधिवक्ता स्वागत नेपाल रोशनीले अभियोग लगाएपछि बयान फेर्दैमा जर्बजस्ती नभएको भन्न नसकिने र जर्बजस्ती प्रमाणित भइसकेको जिकिर गर्छन् ।



प्रतिक्रिया दिनुहोस्