Logo

महरालाई जेल चलान गर्दा छोराहरु बुवाको खुट्टा समातेर रोए..



काठमाडौं, १८ कात्तिक । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती यौन दुव्र्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । तर, अदालतमा महरालाई जेल चलानको फैसलासँगै एकछिन सन्नाटा छाएको थियो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएपछि महरा भावुक बनेका थिए ।

अदालत परिसरमा सँगै रहेका महराका छोराद्धय राहुल र निर्मल भने बुवाको गोडा समातेर भक्कानएिर रोएका थिए । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनलाई सोमबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको छ । तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

महरा प्रकरणः आरोप, हिरासत हुँदै जेल चलानसम्म (कहिले के भयो)

महरालाई थुनामा राख्ने आदेश

भीआइपीका लागि डिल्लीबजार कारागार !



प्रतिक्रिया दिनुहोस्