Logo

खाद्य असुरक्षाको चपेटमा अफ्रिकी मुलुक अंगोला



लुआन्डा, २० कात्तिक । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ ।

अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ ।

कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिएको छ ।

अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ । पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो भएको सरकारको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्