Logo

ओली आराम गरिरहँदा प्रचण्डको देश दौडाहा



काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण बढी आराम गरिरहेका छन् । उनी काठमाडौं बाहिर नगएको केही हप्ता भइसकेको छ । चिकित्सकले बढी धपेडी नगर्न सुझाव दिएका छन् । उनको नियमित मृगौलाको डायलसिस गर्नुपर्ने अवस्था आएको जानकारीमा आइसकेको छ ।

ओली बढी समय बालुवाटारमा केन्द्रित भएर आराम गरिरहँदा अर्का अध्यक्ष प्रचण्ड देश दौडाहामा छन् । उनी पूर्व, मध्य र पश्चिम नेपालमा पालैपालो पुगिरहेका छन् । प्रचण्ड यो हप्ता पश्चिम नेपालमा पुगेका छन् । मंगलबार नेपालगञ्ज पुगेका उनी बुधबार दाङ पुगे । दाङमा प्रचण्डले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा प्रदेश नम्बर ५ का इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् ।

दाङमा पुगेर विहान प्रचण्डले कडा अभिव्यक्ति दिएका छन् । नेपालगञ्जमा पुगेर आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएको भोलिपल्ट महरा प्रकरण र लिपुलेक र कालापानीको विषयमा बोले । प्रचण्ड प्रशिक्षणमा प्रमुख अतिथि हुने भएपछि उल्लेख्य संख्यामा नेकपा कार्यकर्ता सहभागी भएका छन् ।

प्रचण्ड आसन्न उपनिर्वाचनलाई मध्यनजर गरेर पनि सक्रिय भएका छन् । ओली आराम गर्नुपर्ने भएकाले प्रचण्डको सक्रियता बढेको हो ।
Photo Source: Komal Oli



प्रतिक्रिया दिनुहोस्