Logo

नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीको गतिविधिबारे अमेरिकी प्रतिवेदनपछि सरकारका प्रवक्ताको हल्का उत्तर-अमेरिकालाई धन्यवाद



काठमाडौं, २१ कात्तिक । अमेरिकाले नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको गतिविधि भएको लिखित प्रतिवेदनमै उल्लेख गरेपछि सरकार बोलेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटोले प्रतिवेदनप्रति हलका उत्तर दिदै अमेरिकालाई धन्यवाद दिए ।

अमेरिकी सरकारको आतंकवादसम्बन्धि सन् २०१८ को रिपोर्टमा नेपालमा आतंकवादी गतिविधिको खतराबारे औल्याइएको विषयमा पत्रकारको प्रश्नमा मन्त्री बास्कोटोले बिहिबार भने, त्यसका लागि अमेरिकालाई धन्यवाद छ । उनले नेपाली भूमि आतंकवादका लागि कदापि प्रयोग गर्न नदिने बताए । उनले भने, ‘सरकार यस्ता गतिविधिबारे बेखर हुने सवाल आउँदैन ।’

तर, अमेरिकी प्रतिवेदन यति हल्का खालको छैन जसरी सरकारका प्रवक्ताको जवाफ आयो । उसले भारतमा आतंकवादी आक्रमण गर्दै आएको इस्लामिक आतंकवादी संगठन हो इन्डियन मुजाहिद्दीनको गतिविधि नेपालमा भएको उल्लेख गरेको छ । अमेरिकी प्रतिवेदनमा इन्डियन मुजाहिद्दीनको गतिविधि भएका देशहरुमा भारत, नेपाल र पाकिस्तान भनिएको छ ।

अमेरिका सरकारले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने खतरा औल्याएको छ । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पर्याप्त सुरक्षा प्रबन्ध नहुनु र भारतसँगको खुल्ला सीमानाका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनले ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा दुरुपयोग गर्न सक्ने उल्लेख गरेको छ । सुरक्षा प्रबन्ध आतंकवादीले चलखेल गर्न सक्ने छिद्र बन्न सक्ला । तर, अमेरिकाले यस्तो गम्भीर रिपोर्ट बाहिर ल्याउनुमा कुनै न कुनै सूचना पाएको हुनसक्छ ।

अमेरिकाको रिपोर्टमा इन्डियन मुजाहिद्दीनले नेपालसँग आफ्नो सक्रियता बढाएको उल्लेख छ । यो भारत, नेपाल र पाकिस्तानमा सक्रिय रहेको छ । इन्डियन मुजाहिद्दीन साँच्चै सक्रिय रहेको हो भने यसको तारो भारतमा बढी हुनसक्छ । यसको मतलब नेपाली भूमिबाट इन्डियन मुजाहिद्दीनले भारतलाई तारोमा पार्ने खतरा छ ।



प्रतिक्रिया दिनुहोस्