Logo

बँगालको खाडीमा चक्रवात, नेपालमा कस्तो असर पर्ला



काठमाडौं, २४ कात्तिक । बँगालको खाडीमा आएको चक्रवातले बँगलादेश र पश्चिम बँगालको जनजीवन प्रभावित भएको छ । त्यस क्षेत्रमा सात फिटभन्दा माथि समुन्द्री छाल बढेको छ । छालका कारण बाढी समेत आएको छ ।

चक्रवात बुल बुल बँगलादेशको नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रणाली हाल उत्तरपूर्वी दिशातर्फ बढ्ने देखिन्छ । उत्तरपूर्वी दिशामा बढेमा नेपालसम्म यसको असर पर्न सक्छ ।

चब्रवात प्रणालीको असरले नेपालमा वर्षाको सम्भावना रहनसक्छ । मौसम पूर्वानुमान महाशाखाले भोलिसम्मको मौसम पूर्वानुमान गर्दै पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा हल्का वर्षा सार्थ पूर्वी तथा मध्य उच्च हिमाली भू भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको अनुमान गरेको छ । Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्