Logo

विश्वकै छोटो दूरीको उडान ५३ सेकेन्डमा पूरा



विश्वमा धेरै लामो र छोटो दूरीको उडान हुने गर्छ । यात्रा छिटो र सहज हुने भएकाले प्रायः जसो लामो दूरीको यात्रा गर्छन् ।

सँसारमा यस्तो पनि उडान रहेको छ जुन निकै छोटो समयको हुन्छ । यो उडान स्कटल्यान्डको हो । त्यहाँको लोगानायर वेस्ट्रेबाट पापा वेस्ट्रे मार्ग सम्म उडान राखिएको छ । यो स्कटल्याण्ड क्षेत्रीय एयरलाइनद्वारा संचालित छ । यसले स्कटल्याण्डको उच्च भूमि देखि टापु सम्मको यात्रा गर्दै आएको छ । यो एक यात्रु वाहक विमान हो । जसले यात्रुको सुविधाको लागि निरन्तरता दिएको छ ।

उक्त बिमानले उडान भरेको करीब ५३ सेकेन्डमै अवतरण गर्छ । यो संसाकै निकै छोटो दुरीको यात्रुवाहक विमान मध्ये एक हो । यस विमानको यात्रा १९६७ देखि संचालनमा आएको हो । यसले निरन्तर दुईतर्फी उडान भर्दै आएको छ । यो उडान मात्र २ किलोमिटर ७ सय मिटरको दूरीको हो । । विमानले मात्र आठ जना यात्रु बोक्छ । विशेष गरी विद्यार्थी र प्राध्यापकहरु पुरातत्व विज्ञानको अनुसन्धानका लागि जाने गर्छन् ।-एजेन्सीको सहयोगमा Photo Source : Wikipedia



प्रतिक्रिया दिनुहोस्