Logo

किमले गोप्य रुपमा लगेका थिए विलासी कार



उत्तर कोरियाका शासक किम जोङ उनका लागि दुईवटा अत्याधुनिक मर्सिडिज कार रहेको छ । सन् २०१८ मा उनका लागि उपलब्ध कार निकै गोप्य तरिकाले उत्तर कोरियासम्म पुर्याइएको थियो । प्रत्येक कारको मूल्य दश लाख डलर भएपनि ढुवानी खर्च मात्र प्रतिकार पाँच लाख डलर खर्च गरिएको पाइएको छ ।

किमसम्म अत्याधुनिक बुलेटप्रुफ कार कसरी पुग्यो भन्नेबारे अनुसन्धानका लागि मात्र आठ महिना लागेको छ । अमेरिकाको सेन्टर फर डिफेन्स स्टडिजले कम्युनिष्ट शासकका लागि पुगेको विलासी कारबारे खोजी गरेको हो ।

कार जर्मनीको रोटेरडम बन्दरगाहबाट लोड गरी चीन, जापान, दक्षिण कोरिया र रुसको मार्ग हुँदै उत्तर कोरिया पुर्याएको खुलाइएको छ । निकै गोप्य तरिकाले कार उत्तर कोरिया पुर्याउन त्यस्तो मार्ग रोजिएको थियो । अध्ययनले रोटेरडमबाट डालियन हुँदै ओसाका पुर्याइएको र बुसान पठाइएको उल्लेख गरेको छ । त्यहाँबाट रुसको नाखोडका गन्तव्य उल्लेख थियो । त्यहींबाट गोप्य रुपमा उत्तर कोरिया पुर्याइएको थियो । प्रत्येक कारको ढुवानी खर्चमात्र पाँच लाख डलर गरिएको अध्ययनले देखाएको छ ।

उत्तर कोरियामाथि लागेको प्रतिबन्धका कारण कुनैपनि विदेशी कम्पनिलाई कार उक्त देशलाई बेच्न प्रतिबन्ध थियो । यसकारण पनि निकै गोप्य तरिकाले कार उत्तर कोरिया पुर्याइयो । डिफेन्स स्टडिजले सन् २०१५ देखि २०१७ सम्म ९० देशबाट १९ करोड डलरको विलासी सामाग्री उत्तर कोरिया पुगेको तथ्यांक संकलन गरेको छ । जुन संयुक्त राष्ट्रसंघको प्रतिबन्धको उल्लंघन हो ।

किम मर्सिडिज कारमा देखिइरहन्छन् । उनको कार गुड्दा पनि विशेष सुरक्षागस्ती तैनाथ हुन्छ ।
-एजेन्सी
Photo Source: Yahoo



प्रतिक्रिया दिनुहोस्