Logo

एकै रातमा अर्बपति



यी हुन् २४ वर्षीय इरिक से । उनी एकै रातमा अर्बपति बनेका छन् ।

अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार अर्ब अमेरिकी डलर बराबरको शेयर दिएको छ । चार खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका इरिकका बाबुआमा दुवै सिनो बायोफारमाकिटिकल लिमिटेडका कार्यकारी निर्देशक छन् ।

हङकङका इरिक अब व्यवसायिक जीवनमा सक्रिय हुने देखिएको छ । उनको निकटता विश्वप्रशिद्ध व्यक्तिहरुसँग पनि छ । जसमध्ये गायिका रिहाना, बास्केटबल स्टार याओ मिङलगायत छन् । उनीहरुसँगको तस्बिर इन्सटाग्राममा राखेका छन् ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्