Logo

वामदेवका लागि सिट खाली गर्छु भनेका रामवीरलाई राज्यमन्त्री पद पुरस्कार



काठमाडौं, ५ मंसिर । रामवीर मानन्धर काठमाडौंका रैथाने नेवार समुदायका हुन् । काठमाडौं क्षेत्र नं ७ बाट सूर्य चिन्ह लिएर चुनाव जितेका उनी एक समय खुबै चर्चामा आए ।

बर्दियाबाट चुनाव हारेका नेकपाका प्रभावशाली नेता वामदेव गौतमका लागि प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरे । राजीनामा दिई वामदेवलाई उक्त सिटबाट चुनाव जिताएर प्रधानमन्त्री पदमा पुर्याउने योजना मुताबिक रामवीरले साथ दिने घोषणा गरेका थिए । रामवीरलाई मनाइसकिएको थियो । उनले राजीनामा समेत बुझाइसकेका थिए ।

नेकपाभित्र कुरा नमिल्दा रामवीरको राजीनामा अस्वीकृत भयो । वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने चर्चा त्यसै सेलायो । तर, रामवीरको त्यागबाट गौतम प्रभावित बने । कुनै समय यसको उचित मूल्यांकन गर्ने बताएका थिए ।

यसपटक मन्त्रीमण्डल पुर्नठनमा रामवीर राज्यमन्त्री बनाइए । उनलाई सहरी विकास राज्यमन्त्री बनाइयो । मानन्धरलाई मन्त्री बनाउन वामदेव गौतम लागिपरे । आफ्ना तर्फबाट वामदेवले रामवीरलाई पुरस्कृत गरे ।

काठमाडौं उपत्यकाबाट नेकपा नेतामध्ये मन्त्री बन्नेमा उपप्रधानमन्त्री इश्वर पाखरेल मात्र छन् । उनी काठमाडौंबाट चुनाव जितेका हुन् । तर, रैथाने भने होइनन् । उपत्यकाभित्रबाट रैथानेमध्ये मन्त्रीमण्डलमा रहेकामा रामवीर मात्र हुन् । उनलाई गौतमप्रति देखाएको त्यागभावका कारण पुरस्कार प्राप्त भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्