Logo

यी चीज खाँदा सदावहार र तन्दरुस्त बन्न सकिन्छ



मानिस सुन्दर हुनुमा उसको खानासँग सिधै सम्बन्ध रहन्छ । हामी जति स्वास्थ्य वद्र्धक खाना खान्छौ उति नै तन्दरुस्त र सदावहार देखिन्छौं ।

हाम्रो अनुहारमा चमक आउँछ । सदावहार र तन्दरुस्त बन्ने उपायः

१.दागबाट छुटकारा पाउँन

शरीरमा भएको फोहोर बाहिर फाल्नको लागी पानी भन्दा ठुलो चिज केही हुदैन । तर पानी सँगै यी चिजहरु पनि पिउने गनुहोस्, धरै प्रभावकारी हुन्छ । साकाहारी जुस, नरिवलको पानी, सुप जस्ता वस्तु प्रशस्त पिउन सकिन्छ ।

२.छालालाई निखारता ल्याउन

दैनिक खानामा फलफुल वा सागपात सामेल गर्नुपर्छ । यसबाट भिटामिन सी, भिटामिन इ प्रशस्त पाइन्छ । यस्को प्रयोगले छालामा निखारता ल्याउँछ ।

३.चाउरीपनबाट मुक्ती पाउँन

बढ्दो उमेरसंगै चाउरीपन देखिन्छ । यसबाट बच्न निलो एंसेलु, स्टोबेरी, कालो एंसेलु, रातो एंसेलु प्रशस्त खानु पर्छ ।

४. सुख्खा छाला हुनबाट जोगिन

सामुन्द्रकि खानेकुरा, एवोकाडो, मेवा वा राजमा, सोयाविन, बोडी र माछामा प्रशस्त मात्रामा ओमेगा फ्याट पाउने हुनाले छालालाई सुख्खा हुनबाट जोगाउँछ ।



प्रतिक्रिया दिनुहोस्