Logo

जस्तोसुकै मृगौला रोगको उपचार व्यवस्था नेपालमै छ : डा. अर्चन शमशेर राणा, मृगौला रोग विशेषज्ञ



काठमाडौं, १२ मंसिर । मृगौला बचाऊ अभियान चलाएर धेरैको मन जितेका चिकित्सक हुन् मृगौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणा । उपचार गर्नेभन्दा रोग लाग्नै नदिन जनचेतना जगाउन उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ । मृगौला कसरी जोगाउने र रोग लागे कस्तो उपाय अपनाउने, नेपालका अस्पताल र चिकित्सकमा यो रोगको उपचार गर्ने कत्तिको क्षमता छ भन्नेबारे रिपोर्टर्स नेपालसँग उनले गरेको महत्वपूर्ण कुराकानीः
मृर्गाैला कस्तो अङ्ग हो ?
मानिसमा पेटको पछाडिपट्टिको भागमा हुने महत्वपूर्ण अङ्गमध्येमा एउटा अंग हुन्छ त्यसलाई मृर्गौला भनिन्छ । यो हरेक मानिसमा दुईवटा हुन्छ । मृर्गौला प्रायः गरेर १० सेन्टिमिटर हाराहारीको हुन्छ । महिला र पुरुषमा अलिअलि फरक हुन्छ । मानिसको उचाई र तौला हेरेर मृर्गौलाको आकारमा पनि अलि फरक हुन्छ ।
मृर्गौलाको काम के हो ?
मृर्गौलाको प्रमुख काम रगतमा भएका फोहोर मैला छानेर पिसाबको माध्यमबाट बाहिर निकाल्ने हो । शरीरमा स्वस्थ रगत उत्पादन गर्न यसको ठूलो भूमिका हुन्छ । जसले शरीरमा रगतको मात्रामा वृद्धि गराउँदछ । दोस्रो शरीर क्याल्सियमको मात्र बढाएर हड्डी बलियो बनाउने काम गर्दछ । तेस्रो शरीरमा आवश्यक पर्ने पानी र नुनको मात्रा जसलाई सोडियम पोटासियम भनिन्छ त्यसलाई सन्तुलनमा राख्न पनि मृर्गौलाले मद्दत गर्दछ । यसरी मृर्गौलाले मानिसको शरीरलाई स्वस्थ र सन्तुलित राख्न अलराउन्डरको भूमिका निर्वाह गर्दछ ।
मृर्गौलामा समस्या आयो भने के हुन्छ ?
मृर्गौलामा समस्या हुनासाथ शरीरका टाउकोदेखि खुट्टासम्मका हरेक अङ्गमा असर गर्दछ । त्यसैलाई मृर्गौला बिफल भन्दछौं । मृर्गौलाले काम गर्न सकेन भने मृर्गौला बिफल भनिन्छ । मृर्र्गाैला बिफल दुई किसिमका हुन्छन् । पहिलो अचानक बिफल हुने र अर्को दीर्घकालीन मृगौला रोग हुन्छ । अचानक बिफल भएको मृर्गौला रोगलाई तुरुन्तै उपचार गर्न सकियो भने फेरि पहिलाकै अवस्थामा आउँछ । तर, दीर्घकाल मृर्गौला रोग भएको मानिसको मृर्गौला बचाउन कठिन हुन्छ । दीर्घकालीन मृर्गौला रोग लाग्यो भन्दैमा तुरुन्तै डायलासिस या ट्रान्सप्लान्टमा गइहाल्नुपर्छ भन्ने होइन । त्यसका पनि विभिन्न चरणहरु हुन्छन् । जस्तो पहिलो, दोस्रो, तेस्रो गर्दै पाँचौंसम्म । अन्तिमको पाँर्चौ स्टेजमा पुगेपछि मात्रै डायलासिस अथवा ट्रान्सप्लान्ट गर्नृुपर्ने हुन्छ । त्यसैले मृर्गौैला रोग लागेको पहिलो, दोस्रो स्टेजमै उपचार गराइयो भने औषधिकै भरमा पनि निको हुनसक्छ ।
मृगौला रोग के हो ?
मृगौला रोग भनेको ‘साइलेन्ट किलर हो’ । यसले विस्तारै मृगौला कमजोर बनाउँदै लान्छ । नब्बे प्रतिशत किड्नी बिग्रिएपछि मात्रै यसको लक्षणहरु देखिन्छ । लक्षण देखिएपछि मात्रै यसको पहिचान गरियो भने त्यो चौथो÷पाँचौं स्टेजमा पुगेको हुन्छ । त्यो भनेको ट्रान्सप्लान्ट वा चाँडै नै डायलासिस गर्नुपर्ने अवस्था हो । त्यसैले समय, समयमा मृर्गौलाको जाँच गरिरहनुपर्छ ।


दीर्घकालीन मृगौला रोग भनेको के हो ?
मृर्गौला बिग्रिनुको प्रमुख कारण डायबिटिज रोग हो । पछिल्लो समय धेरै नेपालीहरुमा उच्च रक्तचाप र डाइबिटिजको समस्या छ । मानिसमा डाइबिटिज र प्रेसर कन्ट्रोल भएन भने त्यसले मृर्गौलालाई हानी गर्छ । बच्चाहरुमा पनि डायलासिस गर्नुपर्ने अवस्था देखिएको छ । त्यो भनेको पिसाबबाट प्रोटिन, रगत जाने रोग हो । त्यसले पछि गएर किड्नी बिगार्छ । कसैको किड्नीमा पोकाहरु आउने रोग हुन्छ । कसैको पथ्थरी भएको कारणले मृर्गौैलाका नलीहरु ब्लक गर्यो भने पनि त्यसमा समस्या हुन्छ । महिलाहरु देखिने लुपस रोगले पनि मृर्गौलालाई असर गर्दछ । अरु खानपानका कारणले हुन सक्छ । यी सबै दीर्घकालीन मृर्गौला रोग हुन् ।
मृगौला रोगका लक्षणहरु के के हुन् ?
मृर्गौला रोग लाग्नेबित्तिकै कुनै पनि लक्षण नदेखिन सक्छ । एकैचोटी चार, पाँच स्टेजमा पुगेर मात्रै यसका लक्षणहरु देखिन थाल्दछ । मृर्गौला रोगका लक्षणहरु खुट्टा, मुख सुन्निने, खानमा रुचि कम हुने, उल्टी हुने, कहिले पिसाबको मात्र कमी हुने, कहिले धेरै हुने, छाला चिलाउने, छालाको रंग कालो हुँदै जाने हुन्छ ।
मृर्गौला रोगको उपचार के ?
दीर्घकालीन र आकास्मिक मृर्गौला रोगको कुरा गर्दा पहिला के कारणले भयो त्यसको पहिचान गर्नुपर्छ । त्यो कारण पत्ता लगाएर त्यसलाई बन्द गर्दा राम्रो हुन्छ भन्ने ठूलो कुरा हो । दीर्घकालीनबाट पुरै अन्तिम पाँचौं स्टेजमा पुगिसकेको छ भने ट्रान्सप्लान्ट कि नियमित डायलासिस, त्यसको अर्को विकल्प छैन । मृर्गाैलाका धेरै काम हुने भएकाले राम्रो उपय भनेको प्रत्यारोपण नै हो । प्रत्यारोपण नहुन्जेलका लागि त्यसलाई सफा राख्नका डायलासिस गर्नुपर्छ ।
डायलासिस भनेको के हो ?
डायलासिस भनेको एउटा मेसिनबाट शरीरको रगत निकालेर सफा गरी फेरि मेसिनकै माध्यमबाट शरीरमा पठाइन्छ, त्यसैलाई डायलासिस भनिन्छ । अहिले नेपालमा धेरै हस्पिटलहरु यो सेवा प्रदान गरेको छ । पछिल्लो समय नेपाल सरकारले निःशुल्क यसको व्यवस्था गरेको छ । त्यस्तै अन्तिम स्टेजमा पुगेका मृर्गौला रोगीहरुलाई सरकारले एक लाखसम्मको उपचार निःशुल्क गरेको छ ।
डायलासिस गरेर पनि मानिसहरु २०-२५ वर्षसम्म बाँच्न सक्छन् । त्यसैले डायलासिस गरेर पनि सर्वसाधारण जस्तै जीवन निर्वाह गर्न सकिन्छ । मृर्गौला प्रत्यारोपण गर्न धेरै गाह्रो छ । त्यसको लागि सबैभन्दा पहिला त दिने मान्छे आफन्त हुनुपर्छ त्यसमा पनि सरकारको नियमहरु छन् । जसको आफ्ना परिवारबाट मृर्गौला दिने अवस्था छैन, त्यस्ताले पनि डायलासिस गरेर जीवन निर्वाह गर्न सक्छन् । पहिला डायलासिसको व्यवस्था नभएको बेलामा मृर्गौला रोग लाग्नासाथ मानिसहरु मृत्युको शैयामा पुगेसरहको अवस्था हुन्थ्यो । त्यसैले डायलासिस गर्नेबित्तिकै आत्तिनुपर्ने अवस्था छैन ।
हाम्रोमा आउने कतिपय मृगौला पीडित हुनुहुन्छ, उहाँहरु बाइकमै आउनुहुन्छ डायलासिस गराउनुहुन्छ फेरि बइकमै अफिस जानुहुन्छ । आफन्तहरु दिन तयार हुनुभयो, रगत ग्रुपदेखि सबै मिलेको छ भने ट्रान्सप्लान्टमा पनि सरकारले सुविधा दिएको छ । ट्रान्सप्लान्ट गर्दा पनि किड्नीले गर्ने ६-७ वटा काममध्ये सबैमा राम्रोसँग मद्दत गर्छ । डायलासिसले चाहीं एक, दुईवटा काम मात्रै गर्दछ । त्यसैले प्रत्यारोपण नै सबैभन्दा राम्रो उपाय हो । नेपाल सरकारले धेरै ठाउँमा डायलासिस फ्रीमा गराएको छ । अब हाम्रो मार्क इन्टरनेशनल किड्नी सेन्टर प्राइभेट इन्स्टिच्यूट हो । यहाँ पनि नेपाल सरकारले रुल्स, रेगुलेसन गरेमा फ्री सेवा दिन सकिन्छ । हामीले पनि सरकारसँग सेवा दिने अवसरको अनुरोध गरिरहेका छौं ।
तपाईंले नेपालमै मृर्गौला प्रत्यारोपणका राम्रो हस्पिटलहरु छन् भनिरहँदा प्रधानमन्त्रीले सधैं बाहिर गएर गराउनुहुन्छ, त्यसको लागि के भन्नुहुन्छ ?
म गर्वकासाथ भन्न सक्छु, मृर्गौला रोगका सम्पूर्ण उपचारहरु नेपालमै हुन्छन् । हामीकोमा ५० वर्ष नाघिसकेका मृर्गौला रोग विशेषज्ञहरु हुनुहुन्छ । धेरै सिनियर डाक्टरहरु छन् जो २५ वर्षदेखि यसैमा उपचार गरिरहनुभएको छ । मेरैमा पनि विगत १० वर्षदेखि यसैमा उपचार भइरहेको छ । अहिले नेपालमा जस्तोसुकै गाह्रो प्रत्यारोपण गर्न पनि हामी सक्षम छौं । जस्तो एचआईभी पीडितहरुको पनि प्रत्योरोपण गर्न सकिन्छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू को के हो त्यसमा म भन्न सक्दिँन । उहाँको आफ्नै विचार होला । तर, मृर्गौला रोगको जस्तोसुकै उपचार पनि नेपालमा हुने राम्रो व्यवस्था छ । अहिले भनिन्छ, ‘नेपालमा मृर्गौला रोगी बढे’ त्यो होइन । पहिला यसको उपचारमा सरकारको सहयोग थिएन । त्यसैले पैसा हुन्जेल दुई, चारपटक डायलासिस गर्ने अनि त्यसै छोडेर काल पर्खन वाध्य हुन्थे । कतिपय पैसा हुनेहरु बाहिर गएर महंगोमा उपचार गराउँथे । सरकारले डायलासिस फ्री गरेपछि मानिसहरु उपचार गराउन आकर्षित भएर बढेको देखिएको हो ।


मृर्गौला रोगबाट बँच्न के गर्नुपर्छ ?
यो रोग लाग्नुको मुख्य कारण मधुमेह र उच्च रक्तचाप नै हो । अर्को पिसाबबाट प्रोटिन जाने । यी चाहीं उपचार गर्दा निको हुने रोगहरु हुन् । मृर्गौला रोग आपैm नलागेर अरुबाट हुने भएकाले तिनको पहिचान गरेर पहिल्यै उपचार गराउनुपर्छ । मृगौला रोग लाग्नबाट बँचाउनका लागि देशका विभिन्न ठाउँमा गएर नागरिकमा विभिन्न ‘अवार्नेस प्रोग्राम’ जनचेतनामूलक कार्यक्रमहरुको काम गराउनुपर्छ । यो रोग लागेर आपैmले वा सरकारले उपचार गरानुभन्दा पनि रोगै लाग्न नदिनु श्रेयष्कर छ । यसले देशको अर्थतन्त्रमा पनि टेवा पुर्याउँछ ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरमा तपाईंंहरुले मृगौला रोगीहरुलाई कस्तो उपचार गराउनुभएको छ ?
मार्क इन्टरनेशनल किड्नी सेन्टर खुलेको एक वर्ष हुन लागेको छ । यहाँ हामी सम्पूर्ण मृर्गौला रोगहरुको उपचार र सेवा गर्दछौं । हामीले रोग लागिसकेपछि उपचार र सेवा दिनुभन्दा पनि विभिन्न कलेज, संघसंस्था वा रोटरी क्लबहरुसँग मिलेर रोग लाग्नबाट बच्च उपायसम्बन्धी जनचेतनामूलक काम गर्ने इच्छा राखेका छौं । मैंले अघि पनि भनेको छु, रोग लागिसकेपछि त उपचार गर्नैपर्यो । कति मान्छेलाई थाहै छैन । डाइबेटिज, प्रेसर भएपछि किड््नीको रोग लाग्छ भन्ने । त्यसैले रोग लाग्नबाट कसरी बँच्ने भन्ने उपाय सिकाउनु ठूलो कुरा हो । कतिलाई के छ भने मलाई प्रेसर छ त्यसको औषधि खाएको छु के हुन्छ र भन्ने छ । औषधिले कन्ट्रोल मात्र गर्ने हो, निवारण हुने होइन । त्यसको लागि शारीरिक अभ्यास गर्ने, मुखबार्ने गर्नुपर्छ । त्यसैले मार्क इन्टरनेशनल किड्नी सेन्टरले उपचारसँगै जनचेतनामुलक कार्यतिर पनि लागेको छ । हामीकोमा प्रत्योरोपण हुँदैन । सरकारी कोटा नभएकाले फ्रीमा डायलासिस गर्न सकेका छैनौं । यति हुँदाहुँदै पनि मिनिमम चार्जमा गरिरहेका छौं । बायप्सीको काम गर्दछौं । डायलासिस गराउनेहरुलाई हरेक सोमबार फ्री ओपीडीको सेवा राखेका छौं । साठी वर्षमाथिकालाई फ्रीमा डायलासिस सेवा गर्ने गरेका छौं । बहिरंग सेवामा ५० प्रतिशत छुट दिएका छौं ।


मार्क इन्टरनेशनलको बारेमा के भन्नुहुन्छ ?
यो इन्टरनेशनल प्राइभेट अस्पताल हो । प्राइभेट संस्था भएपनि नन्प्रोफिटको रुपमा हामीले चलाइरहेका छौं । काठमाडौंमा मात्रै नभएर बाहिरी जिल्लामा पनि गएर डायलासिस सेवा दिने हाम्रो उद्देश्य छ । जस्तै प्रदेश नं. सातमा छिट्टै नै गएर डायलासिस सेवा दिने योजना छ । त्यहाँका नागरिकहरुलाई डायलासिसको ठूलो समस्या छ । त्यसपछि अरु प्रदेशमा पनि यो सेवा दिने छौं । यस इन्टरनेशनल किड्नी सेन्टरले व्यवसायिक भन्दा पनि सेवामूलक कामलाई बढी जोड दिएको छ ।



प्रतिक्रिया दिनुहोस्