Logo

सावधान ! प्रेमी या प्रेमिकाबाटै गोप्य क्यामराको शिकार भइएला



सावधान ! गोप्य क्यामराको शिकार भइएला त्यो पनि आफ्नैबाट । पछिल्लो समय अन्र्तरंग कुराकानी देखि सम्बन्धका कारण धेरै महिला या पुरुष फसाइएका छन् । आफ्नै प्रेमी प्रेमिकाबाट फसाइएर ब्ल्याकमेलको शिकार भएका छन् ।

दक्षिण कोरियामा गुप्त क्यामराबाट संवेदनशील दृश्यहरु खिचेर ब्लायकमेल गर्ने गतिविधिका कारण आत्महत्याका विषय बाहिर आएका छन् । हालैमात्र एकजना नाम चलेकी कलाकारले आत्महत्या गरिन् ।

पप स्टार गुऊ हारा त्यस्तै क्यामराको शिकार भइन् । उनका पूर्व प्रेमीले गोप्य रुपमा खिचिएको भिडियो देखाएर ब्ल्याक मेल गरे । त्यसलाई सामना गर्न कठिन भयो र उनले ट्वीटरमा गुड नाइट भनेर संसारबाट बिदा लिइन् ।

कतिपय महिलाहरु मानसिक रोगी बनेका छन् । अत्याधिक तनावका कारण उनीहरु मानसिक रोगी बनेको उल्लेख छ ।

थोरैले मात्र प्रहरीमा उजूरी दिने गरेका छन् । उजूरीमा जानेवित्तिकै भिडियो बाहिर ल्याउने गतिविधि समेत भएको छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्