Logo

आमाको दुधले शिशुलाई हृदय रोग हुन दिदैन



आमाको दुध शिशुको लागी महत्वपूर्ण आहार हो । लगातार केही वर्ष सम्म आमाको दुध शिशुलाई सेवन गर्न चिकित्सकहरु बताउँछन् । शिशु जन्मिए साथ आमाको दुध खानु आवश्यक हुन्छ ।

चिकित्सकहरुले पनि शिशुलाई आमा दुध खुवाउन भन्ने गर्छन् । नयाँ अनुसन्धान अनुसार आमाको दुध शिशुलाई नियमित रुपमा खुवाउँदा यसले शिशुलाई ह्दयघात हुनबाट रोक्दछ । शिशुलाई आमा दुध नियमित रुपमा नखुवाउँदा यसले अचम्मको ह्दयको विशेषताहरु निमत्याँउने गदर्छ । त्यस कारणले ह्दयको आकार सानो हुने, उच्च रक्त्त चापको सम्भावना हुने र साथै ह्दयमा मासु पलाउन सक्ने विज्ञहरु बताउँछन् ।

नियमित रुपमा शिशुलाई आमाको दुध खुवाएमा ह्दयकोृ विकास हुने, हार्मोनको विकासमा मद्दत गर्ने, पाचन शक्तिको विकास हुने जनाइएको छ । आमाको दुधले नवजात शिशुलाई लामो समय सम्म तन्दरुस्त बनाउने साथै दिमागको विकास निर्माण गर्न मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्