Logo

होशियार जाडो भनेर कम पानी पिउँदा रोग लाग्नसक्छ



जाडो मौसममा धेरै मानिसलाई विभिन्न रोगले सताउने गर्छ । यो समयमा संक्रमण धेरै हुने भएकाले सर्तकता अपनाउनु पर्छ । विशेषगरी बालबालिकालाई अझ बढी समस्या आउँछ । वयस्कको तुलनामा बच्चाहरुलाई भाइरसले यो समयमा आक्रमण गर्ने हुदा उनिहरु बिरामी बढी हुन्छन् ।

जाडोसमयमा बिहान बेलुका वायुमण्डलमा भाइरस लगायत जीवाणु र तल्लो तहमा बढी सकृय हुन्छन्, त्यस्तै धुलोको कण पनि वायुमण्डलमा नै जम्मा हुन्छ । यो समयमा माक्स नलगाएमा श्वासप्रश्वास, छाला, डायरिया र रुघाखोकीले सताउन सक्छ ।

जाडोमा पानी तिर्खा कम लाग्छ गर्मीमा जस्तो शरीरबाट पसिना नआउने हुदाँ पानी कम खाइन्छ । जसको कारण छाला फुस्रो हुने, ओठ फुट्ने र कव्जियत जस्ता समस्या देखिन्छ । तिर्खा नलागे पनि पानी प्रशस्त पिउनु पर्छ ।

अझ किशोर किशोरीलाई त फेशनेवल हुने होडमा पाताला र कपडा कम लगाउने हुदाँ यीनीहरुलाई रुघाखोकी, ज्वरो, निमोनिया जस्ता रोगले सताउन सक्छ । photo Source : Probelle



प्रतिक्रिया दिनुहोस्