Logo

मेरुदण्डको इन्डोस्कोपी सर्जरीको फाइदा



अहिले धेरै मानिसहरुमा ढाडको नशा च्यापिने अथवा मेरुदण्डको नसा च्यापिने समस्या बढ्दै गएको छ । यसको उपचारको लागी इन्डोस्कोपी स्पाइन सर्जरी प्रभावकारी बढिरहेको छ ।

इन्डोस्कोपी स्पाइन सर्जरी मिनिमल इन्भेजिभ सर्जरी हो । ढाडको नसामा आउने साघँुरो ठाँउमा वा नसा च्यापिएको ठाँउमा लोकल एनेस्थेसिया दिई प्वाल पारेर इन्डोस्कोपीको प्रविधिको सहायताले नसा कति, कहानिर,कसरी बन्द भयो हेरेर र समस्या पहिचान गरी उक्त समस्याको शल्यक्रिया गरिन्छ ।

दुइटा सम्म समस्या आउँदा एकैपटक इन्डोस्कोपी गरिसर्जरी गर्न सकिन्छ तर धेरै ठाँउमा समस्या आएमा भने यो विधि त्यति प्रभावकारी हुँदैन ।

मानिसहरुलाई लाग्दो हो कि नयाँ प्रविधिबाट सर्जरी गर्दा निकै खर्च लाग्ला तर पुरानै तरिकाले गर्दा लाग्ने खर्च जति मात्र लाग्छ भने केहि अस्पताल अनुसार खर्च फरक पर्न सक्छ । र यसरी शल्यक्रिया गरेपछि दोहोरिने समस्या भने थोरैमा मात्र हुने गर्छ ।

स्पाइन सर्जरीको फाइदा

–बिरामीलाई पुरै बेहोस बनाउन नपर्ने

–लामो समय अस्पताल बस्नु नपर्ने

–छिटो घाँउ निको हुने

–रक्तश्राव थोरै हुने

–खाना खान धेरै समय मुख बार्नु नपर्ने

–समयको बचत तथा तनाव थोरै हुने ।

–साइड इफेक्ट कम हुने



प्रतिक्रिया दिनुहोस्