Logo

जाडोमा छालालाई स्वस्थ राख्ने उपाय



जाडौ मौसममा वायुमण्डलमा आद्रता निकै कम हनेहुनाले, हावामा पानीको मात्रा कम हुने र शरीरको तापक्रम नमिल्ने हुदाँ यसको असर सिधै छालामा पर्नसक्छ । छाला चिलाउने, खस्रो हुने, राता राता डाबर आउने र छाला फुट्ने समस्या हुने गर्छ ।

हुन त राता राता डाबर अरु रोगको पनि लक्षण हुन सक्छन्, समयमा नै चिकित्सक कहाँ गएर रोग पत्ता लगाउन सके छालाको राम्रो ख्याल गर्न सकिन्छ । यस्ता समस्याले धेरैलाई निकै असर गरेको हुन्छ ।

छाला स्वस्थ राख्ने उपाय

–नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्ने

–मौसम अनुसारको फलफुल खाने

–तातो पानीले वाफ लिने

–बाहिर हिड्दा आफ्नो छालालाई सुट गर्ने खालको सनक्रिम प्रयोग गर्ने

–धुँवा, धुलो र फोहोर बाट बच्ने

–सन्तुलित आहारको सेवन गर्ने

–गेडागुडकिो रस प्रशस्त खाने

–साबुनको प्रयोग छालामा कम गर्ने

–मनतातो पानी प्रशस्त पिउने

–छालालाई हलका भिजाएर नरम बनाउन



प्रतिक्रिया दिनुहोस्