Logo

सुध्रिन नसकेको परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल



काठमाण्डौ । अस्पताल बिरामी भएपछि जाने स्थान । तर, त्यहि अस्पतालमा पुग्दा रोग लाग्ने डर भयो भने के गर्ने ? हो यस्तै, अवस्थामा छ काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल । सयौको सङख्यामा विरामीको आवतजावत हुने गरेता पनि अस्पताल प्रशासनको व्यवस्थपानक पाटो भने निकै फितलो छ । अस्पतालले न विरामीको अवस्था हेरी सेवा प्रवाह गर्न सकेको छ । न त फोहो र व्यवस्थापनमा ध्यान दिन सकेको छ ।

बिरामीको निक्कै ठूलो चाप छ थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा । उत्तिकै लाइन छ टिकट काट्नेहरुको र चेकजाँच गराउनेहरुको । तर, अस्पताल प्रशासनले सरसफाईमा फिटिक्कै ध्यान दिएको छैन् । शुद्ध खानेपानी भनेर राखिएको छ, तर त्यहाँको दृश्य हेर्दा हात धुन समेत योग्य छैन् ।

अस्पतालमा जन्मिएका बालबालिकाको लुगाधुनको लागि उपयुक्त स्थान छैन् । अस्पतालले दिने अधिकांश सेवा प्रभावकारी छैन । फोहोर र दुर्धन्धका कारण समस्या त छदै छ । अस्पतालबाट र अस्पतालका कर्मचारीबाट पनि पक्षपात हुँदा समस्या चुलिएको छ । विरामीलाई अस्पतालका तर्फबाट गर्नुपर्ने स्याहार सुसार यतिसम्म दयनीय छ की, आफन्तहरुको रुवाबासी नै चल्ने गरेको छ ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल पुग्ने जोकोहीको भोगाई यस्तै छ । अस्पतालमा दैनिक जसो ७० जना भन्दा बढी सुत्केरी गराइन्छ । सुत्केरी गराउनको लागि मात्र होईन अन्य      सम्बन्धि उपपचार गरिन्छ । सरकारी अस्पताल भएकै कारण केही हद सम्म सेवा सुविधामा सहुलियत मिल्ने आशामा विरामी को चाप हुने गर्दर्छ । तर उपचारकै लागि पुगिन्छ सोही ठाउँ नै नागरिकको लागि खतरा हुन्छ भने यसको जिम्मेवारी कसले लिने ?

बारम्बार अस्पताल प्रसासन लाई यस विषयमा ध्यान आकर्षण गराउदा समेत अस्पताल प्रसासनले यस विषयमा गम्भिर भएको पाईदैन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक जगेश्वर गौतम भने सेवाग्राहीको गुनासो र भोगाई नै गलत भएको दावी गर्छन् ।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक जगेश्वर गौतम

अस्पतालले फोहोर व्यवस्थापन गरिरहेको दाबी गरिरहेका छन् । तर यो हामीले देखाएको दृश्य पनि त गलत होइन हाला नि गौतम ज्यु ? अस्पतालमा सरसफाईका लागि मात्रै ८० जना कर्मचारी राखिएको छ । तर काम भने शुन्य जस्तै छ । परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल एउटा उदाहरण मात्रै हो । अधिकांश सरकारी अस्पतालको अवस्था यस्तै छ । न सेवा प्रवाह छिटो छरितो हुन्छ, न सरसफाई । अनि विरामीले कसरी पाउँछन् गुणस्तरीय स्वास्थ्य सेवा ? अस्पताल जस्तो संबेदनशील स्थानमा अव त सरसफाई तर्फ ध्यान दिने की ?



प्रतिक्रिया दिनुहोस्