Logo

अनुहार विनाको बच्चा जन्मिएपछि डाक्टर निलम्बित



अनुहार विनानै बच्चा जन्मिए पछि पोर्चुुुुगलमा प्रशुतीसम्बन्धि एकजना डाक्टर निलम्बनमा परेका छन् । आफ्नो छोरा नजन्मिदासम्म आमाबाबुले जानकारी नै पाएनन् कि शिशुको अनुहार नै छैन ।

रोष्ड्रगो नामको शिशुका आमाबाबुले पछि मात्र यो विषय थाहापाए । त्यसपछि उनीहरु स्तब्ध भए । निलम्बनमा परेका डाक्टर आर्तर कारभालोलाई हेलचक्य्राइँको अभियोग लगाएर निलम्वन गर्न त्यहाँको मेडिकल काउन्सिलका अधिकारीहरुले निर्णय गरेका थिए ।

के भएको थियो शिशुलाई

रोड्रिगोको जन्म अक्टोबरमा भएकोे थियो । शिशुका आमाले गर्भवती भएका बेला डाक्टर कारभालोको निजी क्लिनिकमा तिनपटक अल्ट्रासाउण्ड गराएकी थिईन् । तर, गर्भमा रहेको बच्चाको अवस्थाको बारेमा केही भनेका थिएनन् । रोड्रिगोकी आमाले ६ महिनाको गर्भ हुदा चौथोपटक अर्कै क्लिनिकमा उच्चस्तरको ‘फाइभ डी ’ अल्ट्रासाउण्ड गराएकी थिइन् ।

उक्त जाँचमा भने बच्चामा केहि शाररिकि कमजोरीको विषय उठाइएको थियो । त्यसबारे डाक्टर कारभालोलाईसंग कुरा गर्दा त्यति ठुलो समस्या नभएको र कतिपय बेला बच्चाको टाउको आमाको कोखमा टासिने हुनाले अल्ट्रासाउन्डमा अनुहार देखिदैन भनेका थिए ।

ती शिशु जन्मिए पछि केहि समय मात्र बाच्ने भनिएपनि दुई साता भन्दा धेरै अस्पतालको निगरानीमा बाँचेको छन । उक्त शिशुको बुबाआमाले पोर्चुगलको अभियोजनकर्ताको कार्यालयमा डाक्टरविरुद्ध उजुरी दिएको पनि छ । ती डाक्टर विरुद्ध २०१३ यताको कम्तीमा ६ वटा उजुरी परिसकेको छ र अनुसन्धान अघि बढिससकेको छ ।



प्रतिक्रिया दिनुहोस्