Logo

राम्ररी नपकाएको मासु खाँदा फित्ते जुकाले छारे रोग



प्रायः मानिसको मासु खाने बानी हुन्छ । राम्रोसंग नपकाई हतारमा खाने बानी छ भने सावधान कतै विष खादै हुनुहुन्छ कि ?
चीनमा ४६ वर्षिय एउटा कामदारलाइ छारे रोग देखियो ।

त्यसको कारण त फित्ते जुका पो रहेछ । यो जुका प्राय राम्ररी नपकाएको मासु खाँदा देखिन्छ । झिजाङको पुर्वि प्रान्तमा झु नामका एक बिरामी अस्पताल भर्ना भए उनले एकदिन सुगुरको मासु र खसीको मासु एकदमै मसालेदार बनाएर खाए । त्यो खाएको केही दिनमा झुलाई रिंगटा लाग्न थाल्यो । त्यसपछि टाउको दुख्न पनि लाग्यो र उनमा छारेरोगका लक्षण देखिन पनि थाल्यो ।

झु लाई अस्पताल लगेर सिटी स्क्यान गर्न लगाइयो उक्त सिटि स्क्यानको रिर्पोटमा दिमाखको तन्तुमा केहि खराबी देखियो । यो रिर्पोटले अस्पतालमा तरगं नै पैदा भयो चिकित्सकको टोलीले ती व्यक्तिमा अनुसन्धान गर्दै जादा सुगुर र खसीको मासु राम्ररी नपाकेर यो जुका सरेको हुनसक्छ भनेर प्रमाणित गरे ।

सुगुर र खसीको मासुलाई एकैछिनमात्र पकाएर मसालेदार झोल बनाएर खाएको र पाकेको वा नपाकेको कुनै याद नै नगरेको झु ले बताएका थिए । चिकित्सकहरुले उनको मस्तिष्कबाट फित्ते जुका निकालेका छन् , उनको मस्तिष्कमा चाप पनि घटेको छ र झु अहिले ठिक भएका छन् ।

कसैले फित्ते जुकाको अण्डा खाएमा परिजीवीको संक्रमणबाट न्युरो सिस्तिसर्कोसिस हुन्छ । मानिसमा यो खाद्यपदार्थको माध्यमबाट फित्ते जुका शरीर भित्र पुगेपछि संक्रमण उत्पन्न हुन्छ । यो तन्तु जस्तै मांशपेशी ,लार्भा र मस्तिष्कमा पुग्छ र त्यहाँ सिस्ट बनाउँछ ।

यो सिस्ट मस्तिष्कमा पुगेको अवस्था न्युरो सिस्टिसर्कोसिस हो । यो रोगको संक्रमण विशेष गरि सुगुर डुल्ने ठाँउमा जहाँ सरसफाई कम हुने ठाँउमा बढी देखिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्