Logo

स्वस्थ रहने तीन सूत्र



मस्तिष्क स्वास्थ्यको लागि दैनिक नियमित व्यायाम गर्नु जरुरी हुन्छ । यसको लागि आफ्नो निन्द्रा, खाना र व्यायाममा ध्यान दिन सबैभन्दा जरुरी हुन्छ । कसरी यी सबैलाई मिलाएर सधै खुशी हुन सकिन्छः

सुत्ने समय मिलाउनुस्

हाम्रो मस्तिष्कले हामीले बनाएको तालीका अनुसार काम गर्न सजिलो महसुस गर्छ । राम्रो निन्द्राको लागि तपाईँको ओछ्यानमा गएर सुत्नेको तयारी गर्नपर्छ । मानव शरीरलाई अब सुत्ने को समय भयो भनेर संकेत गर्नु पनि आवश्यक हुन्छ । प्रायः मानिसहरु आफैले बनाएको कार्यतालिका दुर्घटनाको कारणले हुन्छ यसका लागी समय मिलाएर राख्नुपर्छ । दिमाख स्वास्थ्यको लागी धेरै महत्वपुर्ण हो । जब हामी सुत्छौ, हाम्रो दिमाख फ्रेस हुन्छ, निन्द्रालाई हामीले पहिलो प्राथमिकता दिनुपर्छ ।

सधै व्यायाम गर्नुहोस

सबैलाई थाहा छ व्यायाम गर्नु स्वास्थ्यको लागि निकै फाइदाजनक हो । तर, कति समय व्यायाम गर्छौ त्यसले पनि धेरै अर्थ राख्छ । नियमित व्यायामले तपाईँको शरीरको सही आकार दिनमा सहयोग गर्छ एक निश्चित कार्यतालिका बनाउन धेरै सजिलो कुरा हो । बिहान छिटो उठ्नुहुन्छ भने बिहानै व्यायाम गर्नुहोस् । यदि बेलुकामा व्यायाम गर्नुहुन्छ भने त्यहि अनुसार नियमित गर्नुहोस् ।

खानाको समय मिलाउनुहोस्

मानिसलाई थाहा छ दिमाग स्फुर्त राख्नका लागी खानामा कुन चिज समावेश गर्नु आवश्यक छ । निश्चित समयमा खानु चाही धेरै महत्वपुर्ण हो ।
खानाको तालीका बनाएर उपवास पनि बस्न सकिन्छ । कार्यतालकिा अनुसार नै खाना खाने समयमा फलफुल खानेको समय मिलाउनुहोस् । तपाईको शरीरमा दैनिक बानीको लागी यो धेरै महत्वपुर्ण छ र यसले सबैलाई फरक पार्दछ ।



प्रतिक्रिया दिनुहोस्