Logo

पिलोको घरेलु उपचार



पिलो एक किसीमको छालाको संक्रमण हो जुन खटिराको रुपमा लिइन्छ । यो असाध्यै दुख्ने र अप्ठेरो पार्ने खालको हुन्छ । यसलाई एक प्रकारको फोको पनि भनिन्छ शरीरको कुनै ठाँउको रौ टुट्नाले यो उत्पन्न हुन्छ ।

पिलो निकै अफ्ठारो ठाउमा आउछ जस्तो नाकमा, काखी मुनि, कसैको ढाडमा, कसैको घाटीको पछिल्लो भागमा त कसैको जाँघको वरिपरि बढी आएर दुख खिन्छ । यसलाई कहिलेकाहि ठट्टाको रुपमा पनि हेरिन्छ । सामान्यतया पिलो हेर्दाखेरी डर लाग्दो, पिप भरिएको, रातो, तातो र ठूलो हुने गर्दछ ।

पिलोको मध्य भागमा मुख हुन्छ, त्यसको वरिपरि पिप जमेको देख्न सकिन्छ । कुनै कुनै पिलोमा एकभन्दा बढी मुख हुनपनि सक्छ । त्यसको कारण एकभन्दा बढी रौ का जराहरु संक्रमण हुनु हो । विशेषगरी पुरुषहरुमा धेरैवटा मुख भएको पिलो आउँछ भने किशोर किशोरी तथा बयस्कहरुमा पनि आएको पाइन्छ ।

कारण

सरसफाइमा ध्यान नदिने मानिसमा ,बढी परिश्रम गर्ने, धपेडीमा हिड्ने र खानपानमा ध्यान नदिनाले पिलो आउँछ ।

आयुर्वेदिक रोकथाम र उपचार

गहुँ

गहुँको दानालाई केहीबेर चपाएर वा पिधेर त्यसको लेपलाई पिलो भएको ठाउमा लगाउनाले यसबाट मुक्ति पाउन सकिन्छ । गहुँमा प्रशस्त फाइबर र क्याल्सियम पाइन्छ ।

बेसार

बेसारले पिलोको दुखाई पनि कम गर्न मद्दत गर्छ । बेसाारमा एन्टि–एन्फ्लेमेन्टरी तथा नेचुरल ब्याड प्युरिफिकेसन तत्व हुन्छ । पिलोको वरिपरि बेसारको लेप लगाउने गरेमा राहत पाइन्छ । एक गिलास दुधमा एक चम्चा बेसार हालेर ४ दिन खाएमा पिलो छिटो निको हुन्छ ।

मेहेन्दी

पिसेको मेहन्दीलाई पिलो भएको ठाँउमा साँझ–विहान लेप लगाउदा पिलो कम हुदै जान्छ । मेहन्दीमा हुने चिसोको कारण यसलाई फाइदा हुन्छ ।

निम

बिना साइड इफेक्ट निमले शरीरबाट पिलो हटाउन सक्छ एन्टिबायोटिक तत्वले भरिपुर्ण निममा एन्टी– माइक्रोबियल गुण हुन्छ । निमलाई पिसेर लेप बनाई पिलोको वरिपरि लगाउनाले पिलो निको हुन्छ ।

लसुन

लसुनको लेप लगाउदा घाउ छिटो निको हुन्छ । दैनिक २–३ वटा काँचो लसुनको पोटी चपाएर खानाले पनि राहत पाँउन सकिन्छ ।

प्याज

प्याजमा एन्टिसेप्टिक तत्व पाइन्छ । जस्ले पिलो निको पार्न सहयोग गर्छ । प्याजको एउटा टुक्रालाई घाउमा लगाएर कपडाले बाध्नु पर्छ । त्यसरी राखेको २ घण्टापछि यो प्रकृया पुन दोहो¥याउनुस् र यसले पिलो छिटो निको पार्छ ।

दहि, जिरा र कालो मरिच

दही र जीराको पाउडरको प्रयोगबाट पनि पिलोलाई हटाउन सकिन्छ । जिराको पाउडरलाई दहीमा मिसाएर त्यसमा थोरै कालो मरिच हाली पिलो भएको ठाँउमा लगाउनुस । यसरी पिलो बाट छिटो छुटकारा पाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्