Logo

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनी दिउँसो डिस्चार्ज भएको हो ।

उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि अघिल्लो मंगलबार उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भस्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएको थियो । उनलाई आन्द्रमा समेत संक्रमण भएका कारण केही दिन अस्पतालमा राखी डिस्चार्ज गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालमा गएर प्रधानमन्त्रीसँग भेट गरेका थिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्