Logo

निमोनिया किन हुन्छ (बच्ने उपायसहित)



निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो । यसमा फोक्सोका कोषहरुमा संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रश्वासमा समस्या हुन्छ । व्याक्टेरिया, भाइरस जस्ता साना किटाणुहरुले निमोनिया गराउँदछ । यसमा बालबालिका नै बढी पीडित हुन्छन् । विश्वमा ५ वर्ष मुनिको बालबालिकाको मृत्युको मुख्य कारण निमोनिया रहेको तथ्यांक छ ।

  • चिसोमा बढी सम्भावना चिसोमा भाइरसका कृयाकलाप बढ्ने हुनाले
  • हावामा आद्र्रता कम भएर, हाँछ्यु र खोक्दा निस्केका थोपाहरु हावामा नै रहने हुनाले
  • बन्द कोठामा चिसोमा एक अर्काको नजिक रहने हुनाले

लक्षण

  • छिटोछिटो स्वास फेर्ने
  • सास फेर्दा कोखा हान्ने
  • दुध चुस्न नमान्ने
  • छाती घ्यार घ्यार गर्ने
  • नीलो हुने
  • ज्वरो आउने
  • रुघाखोकी लाग्ने

उपचार

  • बाफ लिन लगाउने
  • ज्वरो र खोकीको औषधी दिने
  • झोलिलो खानेकुरा खुवाउने
  • पानी प्रशस्त खुवाउने
  • बालबालिकाहरुलाई निमोनियाबाट बचाउन यी तरिका अपनाउन सकिन्छ ।
  • पोषक तत्वहरुको भरपुर सेवन गराउने
  • तालीका अनुसार खोप लगाउने
  • संक्रमीत व्यक्तिहरु बाट बच्चालाई टाढा राख्ने
  • रुघाखोकी र धुवाँ धुलोबाट बचाउने
  • बच्चाहरुलाई खेल खेलाईसकेपछि राम्रोसँग हात धोइदिने



प्रतिक्रिया दिनुहोस्