Logo

बलात्कार र हत्या मुद्दाका फरार युवा नियन्त्रणमा



लहान, २४ मङ्सिर : एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा फरार सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको यादवमाथि आरोप छ । नियन्त्रण परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्