Logo

तीनथानामा भिषण आगलागी



काठमाडौं, मंसिर २५ । चन्द्रागिरी नगरपालिकाको तीनथानामा आज बिहान भिषण आगलागी भएको छ । आगलागीमा लाखौ बढीको क्षती भएको छ । रङ् पसलमा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागीमा घर तथा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि काठमाडौं,ललितपूर महानगरपालिकाका दमकल, शसस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयहरुको करिब डेढ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकि छ ।



प्रतिक्रिया दिनुहोस्