Logo

सात किलो चरेससहित नियन्त्रणमा



कञ्चनपुर, २६ मङ्सिर  : कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठाबाट चरेससहित चार जनालाई नियन्त्रणमा लिएको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई नियन्त्रण मा लिएको छ । नियन्त्रणमा परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्