Logo

हत्या आरोपमा तीन जना नियन्त्रणमा



धादिङ, २९ मङ्सिर । श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो ।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले नियाँत्रन्म लिएको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्