Logo

लागूऔषध सहित पक्राउ



सुनसरी, ३० मंसिर । लागूऔषध ब्राउनसुगरसहित युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका ८ बाट २२ दशमलब ३३ ग्राम सहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अन’सार पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका ६ बस्ने २६ वर्षीय पासाङ शेर्पा छन् ।

ईलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबि ७४ ए एफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक दाहाल र कारमा सवार शेर्पा समेतलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक थप अनुसन्धान जारी रहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्