Logo

करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, ३० मंसिर । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीलाई प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्