Logo

खुकुरी प्रहार गरी भाग्ने पक्राउ



रोल्पा, ३० मंसिर । १७ वर्षीय किशोरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् . सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ बस्ने तीन य’वकलाई रुन्टीगढी गाउँपालिका बस्ने २१ वर्षीय टेकेन्द्र बिकले आइतबार ख’क’री प्रहार गरेका थिए ।

रा ४ प ५४८२ नम्बरको मोटरसाइकलमा आएका बिकर रुन्टीगढी गाउँपालिका २ बस्ने २३ वर्षीय दिल बहादुर बुढासमेतले ती किशोरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्नेमध्ये बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घाइते किशोरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएकोमा थप उपचारको लागि बुटवलमा रिफर गरेको छ । फरार दिल बहादुर बुढाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्