Logo

चार अर्बको गहना चोरी



बेलायतमा एकजना धनाढ्य महिलाको पाँच करोड डलर मूल्य बराबरको गहना चोरी भएको छ । जुन चार अर्ब नेपाली रुपैयाँभन्दा बढी हो ।
चोरिएकामध्ये महिलाले विवाहमा बाबुबाट पाएको कानमा लगाउन रिङ र हातमा लगाउने बाला पनि छ । जसको मूल्य ८० हजार डलर रहेको छ ।

गएको शुक्रबार भएको भनिएको चोरीमा महिलाले विवाहमा बाबुले दिएको गहना सबै गुमाएकी छिन् । महिला पूर्व फर्मुला वानका प्रमुख बर्नी इस्कलस्टोनकी छोरी तमारा इस्कलस्टोन हुन् । उनी बेलायतमा नाम चलेकी मोडल तथा टेलिभिजन पर्सनालिटी पनि हुन् ।

तमारा निकै तनावमा छिन् । प्रहरीले अझैपनि चोरहरु पत्ता लगाउन सकेको छैन। ३५ वर्षीय तमाराको निजी रात्रीक्लब, पौडी पोखरी, ब्युटी सेलोन, डग स्पालगायत छन् । उनका पिता सँसारका धनाढ्य मध्येका थिए । Photo Source: eveningstandard



प्रतिक्रिया दिनुहोस्