Logo

न्यायपरिषद्का पूर्वलेखापाल भ्रष्टाचारी ठहर



काठमाडौं,पुस २ । विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले भ्रष्टाचार कसुर ठहर भएको छ।विशेषका अध्यक्ष एवं न्यायाधीश शिवराज अकाठमाडौं,पुस २ । विशेष अदालतले न्यायपरिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालले भ्रष्टाचार कसुर ठहर भएको छ।

विशेषका अध्यक्ष एवं न्यायाधीश शिवराज अधिकारी, न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवी शर्मा अर्यालको इजलासले ढकालको भ्रष्टाचार कसुर सोमबार ठहर गर्दै सजायपछि निर्धारण गर्ने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल परिषद् सचिवालयमा लेखापाल भएर काम गर्दा भ्रष्टाचार गरेको भन्दै २०७५ माघ ८ मा मुद्दा दर्ता गरेको थियो। अख्तियारले २४ लाख ४६ हजार २ सय १२ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दर्ता गरेकोमा सो दाबी विशेष अदालतले ठहर गरेको नागरिक दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्