Logo

सरकारी जग्गा हडपेर भाडामा



काठमाडौं, पुस १४ । काठमाडौं भीमसेनगोलामा नेपाल सरकारको स्वामित्वमा रहेको ६ रोपनी जग्गा व्यक्तिले हडपेर भाडामा लगाएको पाइएको छ। काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित बागमती नदी किनारामा रहेको ६ रोपनी दुई पैसा जग्गा कन्टिनेन्टल निजी आवासीय विद्यालयका मालिक हरेराम श्रेष्ठले हडपेका हुन्।

मालपोलय डिल्लीबजारबाट नागरिकलाई प्राप्त कागजातमा निजी व्यक्ति तथा संस्थाले निर्माण गरेको संरचना भएको उक्त जग्गाको धनीको नाम, थर र वतनमा नेपाल सरकार उल्लेख छ। काठमाडौं महानगरपालिका–१० ९हाल ३१० मा रहेको सिट नम्बर १०२–११४७–०९ र कित्ता नम्बर एक सय १२ को ११ रोपनी एक आनामध्ये ६ रोपनी दुई पैसा जग्गा नेपाल सरकारका नाममा कायम भएको जग्गाधनी दर्ता–स्रेस्ताबाट देखिन्छ।

मालपोत कार्यालयबाट प्राप्त कागजातमा कित्ता नम्बर एक सय १२ को ११ रोपनी एक आना क्षेत्रफलको जग्गालाई कित्ता नम्बर ६ सय ४७ र ६ सय ४८ कायम गरी कित्ता नम्बर ६ सय ४७ को ६ रोपनी दुई पैसा जग्गा सरकारको नाममा ल्याइएको देखिन्छ। तर कन्टिनेन्टल आवासीय विद्यालयका मालिक श्रेष्ठले सरकारका नाममा कायम भएको जग्गामा अनधिकृत रूपमा संरचना निर्माण गरेर उपभोग गरिरहेको छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्