Logo

इरानद्वारा बदलाको धम्की



तेहरान, पुस २१ । आफ्ना शीर्ष कमान्डर जनरल कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकासँग बदला लिने धम्की दिएको छ । अमेरिकाको विरोधमा निकालिएको विशाल जुलुसपछि इरानको कोम शहरको मस्जिदमा रातो झण्डा फहराइएको छ । इरानी सभ्यतामा रातो झण्डा बदला र रगतको संकेत भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इरानले जनरलको हत्यापछि अमेरिकासँग बदला लिने धम्की दिएको थियो । इरानको धम्कीसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि इरानले आक्रमण गरे आफूले इरानलाई समाप्त पारिदिने चेतावनी दिएका छन् । यो आक्रमणमा अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने र त्यो इरानले झेल्न पनि नसक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा इरानी नागरिकले यसरी झण्डा राखिएको पहिलोपटक भएको पनि उल्लेख गरेका छन् । इरानमा अमेरिकासँग बदला लिनुपर्ने माग गरी लाखौं व्यक्तिले प्रदर्शन गरेका छन् । उनीहरूले ‘अमेरिका शैतान हो’ भन्न्ने नारा लगाएका छन् ।

आइतवार सुलेमानीको शव बगदादबाट इरान ल्याइएको थियो ।अन्नपूर्र्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्