Logo

महिलाको आँसु पुछ्ने पुरुषको खोजी



जापानको एक कम्पनिले पुरुषको लागी अचम्मको जागिर दिने भएको छ । एउटी महिला थाकेको समयमा एउटा स्मार्ट पुरुषले महिलाको आँखामा भएको आँसु पुछेर सेवा गर्ने पुरुषको खोजी गरिने बताइएको छ ।

जापानको राँकेट इंक कम्पनीले यस्तो नयाँ तरिका ल्याएको हो । उक्त कम्पनिमा नियुक्ती लिने पुरुषले महिलाको आँखाको आँसु पुछिदिने छन् । यो कम्पनीका फाउन्डर हिरोकी तेराईले थाकेको महिलालाई आँसु पुछिदिने पुरुष भए बढी आनन्द महसुस हुने बताएकी छिन् ।

उनले आफ्ना महिला कर्मचारीहरुलाई सुन्दर पुरुषले रुमाल समातेर सेवा गरिरहेदा खुशी लाग्ने बताएकी छिन् ।
काम गर्दा थाकेर महिलाहरु बाथरुममा गई रुने गरेका कारण काम नै प्रभावित हने भएकाले बोर्ड निर्देशकले यस्तो किसिमको कार्यक्रमको योजना ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्