रास्वपा उम्मेदवार यज्ञमणि न्यौपाने : नेपालकै भूमिमा गाडी, टिभी र मोटरसाईकल उत्पादन गर्न सुरु गर्ने हाम्रो नीति छ (भिडिओ–सहित)


काठमाडौं, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा मोरङ–१ का उम्मेदवार यज्ञमणि न्यौपानेले सुशासन र विकास निर्माणको लागि रास्वपालाई भोट दिनुपर्ने बताएका छन् । देशमै रोजगारीको लागि उद्योग, धन्धा, कलकारखाना खोल्ने नीति लिएको भन्दै रास्वपाले देश बनाउने उनको दाबी छ । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘पूरानो दलको नीति भनेको मान्छे विदेश पठाउने नीति थियो, वैदेशिक रोजगारमा भनेर खाडी पठाउने नीति थियो, हाम्रो भनेको के हो भने हिमालका जडिबुटी उत्पादन गर्ने, औषधी उत्पादन गर्ने, पहाडमा फलफूल खेती गर्ने, विज्ञान तथा प्रविधि सुहाउँदो गाडी, टिभी, मोटरसाईकलजस्ता कुरा नेपालकै भूमिमा उत्पादन गर्न सुरु गर्ने, खानी उत्खनन, वन उत्खनन गर्ने आदि ईत्यादि विषयमा हाम्रा नीति भए, यसलाई नीति नभनेर विदेशबाट सामान किनेर ल्याउनेहरुले अब त्यो भन्न छोडिसके ।’

Skip This

Omoda E5 Pro