Logo

सुगाले बाख्रालाई जेल पठायो



सुगाले लगाएका विभिन्न आरोपका कारण मानिसहरु जेल परेको त सुनेकै हो तर आज सुगाको कारण बाख्रा पनि जेल परेको छ । मलिकलाई सुगाले कुरा खोलिदिए पछि बाख्राको मालिक हिदायत खानले प्रहरीलाई उजुरी दिएका थिए । उक्त उजुरी पछि बाख्रालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यो बाख्रोलाई तीन चोरले चोरी गरेका थिए ।

तीन चोर मध्ये एउटालाई प्रहरीले गिरफ्तार गरेको थियो । चोरको आरोपी मध्ये एक नसीम खानको साथमा पछाडी बाख्रालाई पनि नियन्त्रणमा लिइएको थियो । उक्त तस्विर सामाजिक संजालमा सेयर भई भाइरल भएपछि बाख्रालाई जेलबाट निकालिएको थियो ।

उक्त बाख्रोलाई प्रहरीले आफ्नो निगरानीमा राखेको जनाएको छ । बाख्रोलाई जम्मा २२ मिनेट जेलको पछाडी राखिएको बताइएको छ । अदालतको फैसला पछि बाख्रो मालिकलाई दिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्