Logo

दिनमा साँढे दुई किलो खुर्सानी खाने मानिस



मिठो भोजनको लागि खुर्सानी खानु आवश्यक हुन्छ । खुर्सानी धेरै हालेमा आँखाबाट आँसु झर्ने गर्छ । तर एक व्यक्तिको धेरै खुर्सानी खाने सौख रहेको छ । यी व्यक्तिले एक दिनमा करिब साँढे दुई किलो खुर्सानी खाने गर्छन् । चीनको झेंगझोउमा बस्ने योंग्झीलाई स्थानियले ‘चीली किंग’ नामले बोलाउने गर्छन् ।

योंग्झीले आफ्नो घरमा खुर्सानीको धेरै थरीका जातका बिरुवा रोप्ने गर्छन् । उनले आफ्नो इच्छानुसारको खुर्सानीको विरुवा रोपेको १० वर्ष पुगेको छ । अन्य मानिसहरु विहान उठेर ब्रश गर्ने गर्छन तर उनले खुर्सानी खाएर दिनको शुरुवात गर्छन् ।

यो कुनै सुपरपावर जस्तो नभई सामान्य भएको योंग्झीले बताएका छन् । आफूलाई अत्यधिक मन परेकाले खाएको पनि जनाएका छन् । उनको शरीरको सम्पुर्ण जाँच गरिसकेको छ । उक्त जाँचमा सबै सामान्य भएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्