Logo

बच्चाले जिउँदो सर्प चपाएपछि



ब्राजिलमा एक चमत्कारिक घटना भएको छ । करिब डेढ वर्षको एक बच्चाले विषालु सर्प आफ्नो मुखमा हालेका थिए । उनले मुखमा सर्प हाल्दा पनि उनलाई भने केही भएको छैन ।

बच्चाको आमा फरेराको अनुसार बच्चा घर बाहिर खेल्दै गर्दा उसले एउटा सर्प समातेको थियो । आफू बाहिर आएर हेर्दा आफ्नो बच्चाको मुखमा सर्प छटपटाएको थियो । आफूलाई हमला नगरोस् भनेर सर्पलाई बच्चाले बेस्सरी समातेको थियो ।

त्यो बच्चालाई तुरुन्त अस्पताल पुर्याई जाँच गर्दा डाक्टरले कुनै चोटको संकेत नभएको बताएका थिए । उक्त सर्पले बच्चालाई टोकेको भए ७० प्रतिशत ज्यान जाने खतरा रहने विशेषज्ञहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्