Logo

यो घोडाको वीर्य विक्रीबाट प्रतिवर्ष डेढ करोड



एउटा घोडाले प्रतिवर्ष डेढ करोड कमाई दिन्छ हकीकतमा बादशाह नामको घोडाले वर्षमा करोडौ आम्दानी दिलाउने गरेको छ । यो घोडाको मालिकले उसको वीर्य बेचेर डेढ करोड कमाएका हुन् ।

घोडा मालिक राजाराम जाटले दैनिक वीर्य बेचेर ३० हजार भारतीय रुपैयाँ कमाउने गरेका छन् । उत्तर भारतमा सबैभन्दा ठूलो पशुमेलामा यो घोडालाई मालिकले लाने गर्छन । बादशाह नै सबैभन्दा आकर्षणमा पर्ने गरेका छन् । यो घोडा खरिद गर्नको लागि निकै होडबाजी चलिरहन्छ ।

बादशाह घोडा मारवाडी वंशको भएका कारण धेरै राम्रो मानिएको हो । राजारामले बादशाहलाई चना, जडिबुटी, ड्राई फुट्स र पौष्टिक दाल दैनिक खुवाउने गरेको बताएका छन् । यसकारण घोडाले दैनिक आठ सय दस पटक वीर्य दिने गर्छ ।
उनका अनुसार दैनिक तीन हजार रुपैयाँ घोडाका लागि खर्च गर्नु परेको छ ।

खाना बाहेक यसको विशेष ख्याल राख्नु पर्ने हुन्छ । दैनिक आधा किलो घ्यु ,बदाम, पेस्ता ,पौष्टिक दाल ,यौनवद्र्धक जडिबुटी, शिलाजित र चनाको दाल खुवाउने गर्छन् ।
उनले घोडाको सरसफाईमा बिशेष ख्याल राख्ने गरेका छन् । हेरचाहले घोडालाई चुस्त र तन्दुरुस्त राख्न थप मद्दत मिलेको छ ।



प्रतिक्रिया दिनुहोस्