Logo

‘ओ’ रक्तसमूहको मानिसलाई लामखुट्टेले धेरै टोक्ने



धेरै मानिसहरुले आफूलाई लामखुट्टेले धेरै टोक्ने गरेको बताउँछन् । तर, यो सत्य भएको एक अनुसन्धानले बताएको छ । उक्त अनुसन्धानमा लामखुट्टेले टोक्नु आफ्नो वंशमा निर्भर रहेको पत्ता लागेको छ ।

यसमा आफ्नो आमा बाबुलाई धेरै टोक्ने भएमा छोरा छोरीलाई पनि टोक्न सक्छ । लामखुट्टेले टोक्नलाई रक्तसमूहमा निर्भर गर्छ । ‘ओ ’ रक्तसमूहका मानिसलाई लामखुट्टे धेरै टोक्ने गरेको पत्ता लागेको छ ।

हाम्रो शरीरमा भएको रगतमा प्रोटीन हुन्छ । अझ ‘ओ’ रक्तसमूहमा धेरै हुनाले उक्त समुहलाई बढी नै टोक्ने गरेको वैज्ञानिकहरुले बताएका छन् । अन्य रक्तसमुहको मानिसलाई सामान्य रुपमा लामखुट्टेले टोक्न सक्छ भने यसको तुलनामा ‘ओ’ रक्तसमूहको मानिसलाई दोब्बर टोक्ने जनाइएको छ ।

यस्तै पसिना धेरै आउने व्यक्तिमा पनि लामखुट्टे ले धेरै टोक्न सक्छ । पसिनामा लैक्टिक एसिड, युरिक एसिड, अमोनिया जस्ता तत्व हुनाले यीनीहरु धेरै आकर्षित भई टोक्न सक्छन् ।
रातो, निलो, प्याजी र कालो रंग लामखुट्टेले पहिचान गर्न सक्ने भएकाले यी रंगको कपडा लगाएका मानिसलाई पनि धेरै टोक्ने गरेको हुन्छ । बीयरमा इथेनाँल धेरै पाइने हुनाले, इथेनाँल लामखुट्टे मन पर्ने हुनाले बीयर पिउनेलाई पनि धेरै टोक्ने जनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्