Logo

वृद्ध महिलालाई गाली गर्दा सुगा गिरफ्तार



भारतको प्रहरीले घर पालुवा सुगालाई गिरफ्तार गरेको छ । सुगामाथि आफ्नो मालिकले तालिम दिएर भन्न लगाएको आरोप लागेको छ । सुगाले दैनिक ती महिलालाई गाली गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

८५ वर्षिया जनाबाई सारखरकर दैनिक गाली गर्ने सुगा आफ्ना सौतेन भाइ सुरेशको भएको आरोप लगाएकी छिन् । यीनीहरु फरक फरक घरमा बस्छन् । यीनीहरुको कोर्टमा सम्पतीको विवादलाई लिएर मुद्धा चलिरहेको छ । प्रहरीले यी तीनै जनालाई बोलाएर सोधपुछ गर्दा सुगा प्रहरीको ड्रेस देखेर डराएर बोल्न नै सकेन् ।

प्रहरी स्टेशनमा सुगा एक शब्द पनि नबोलेको प्रहरीले बताएको छ । सुगा नबोलेको कारण वृद्ध महिलाको मानसिक स्थितीको बारेमा जाँच गर्न लगाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्