Logo

दुबईमा बन्दै विश्वकै अग्लो होटल



सन् २०१८ मा ३५६ मिटर (११६८ फिट) गेभोरा होटेलको निर्माण दुबईमा भएको थियो । सो होटेल विश्वकै सबैभन्दा अग्लो होटको रुपमा चिनिन्थ्यो । सो होटेलले गिनिज वल्डमा समेत नाम दर्ता गर्न सकेको थियो ।

तर, हालैमात्र निर्माणको क्रममा रहेको ७५ तल्ले होटेल विशवकै ठूलो होटेल दुबईको मरिना जिल्लामा बनिरहेको जनाइएको छ । होटेलको नाम सील टावर राखिएको छ । सो होटेल विश्वकै सबैभन्दा ठूलो होटेलको रुपमा स्थापीत हुनेछ । त्यस होटेलको उचाई करिब ३६०.४ मिटर हुनेछ ।त्यस होटेलमा करि १०४२वटा रुम हुनेछ भने सो होटेल करिब ८२ तल्लाको हुने जनाइएको छ ।

होटेलको निर्माण एट्लान्टिस र पाम होटेलको निर्माताले डिजाइन गर्नेछ । त्यस होटेलबाट शहरको ३६० डिग्री दृश्य देख्न सकिने गरि निर्माण हुनेछ । त्यस होटेलको रुफटपमा पौडि पोखी र रेस्टुरेन्टको समेत निर्माण गरिनेछ । त्यस होटेलमा विभिन्न प्रकारको सविधाको व्यवस्था गरिनेछ । होटेलको निर्माण कार्य सन २०१६ मा सरु भएको थियो । होटेलको सम्पूर्ण निर्माण कार्य र शुरुवात सन् २०२२ मा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्