Logo

दुई हजार घुस खाँदै गर्दा ट्राफिक प्रहरी रंगेहात पक्राउ



महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्कालाई भष्टाचार गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्काले डियुटीमा खटिएको अवस्थामा सेवाग्राहीसँग मोटरसाइकलको कागजात मागी लाइसेन्स राखी कुनै चिट नदिई मिलाउनुस् भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले लोगबहादुर खड्कालाई दुई हजार घुस लिइसकेको अबस्थामा रंगेहात पक्राउ गरेको जनाइएको छ ।

उनलाई निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्