घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीका कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई भष्टाचार अभियोगमा अख्तियारले आरोपपत्र दायर गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले घुस बापतको ७० हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ ।
उनलाई सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।




प्रतिक्रिया